भोजपुरमा एक मतान्तरले पछि परे बस्नेत, सुवेदी अध्यक्षमा निर्वाचित

नेपालभ्युज

भोजपुरमा एक मतान्तरले पछि परे बस्नेत, सुवेदी अध्यक्षमा निर्वाचित

भोजपुर । नेपाल पत्रकार महासंघ भोजपुर शाखाको अध्यक्षमा ध्रुव सुवेदी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीले २२ र बस्नेतले २१ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा शारदा तामाङ र सरिता सुनुवार, सचिवमा विवेक राई, सह–सचिवमा प्रमित सिप्तुङ र अर्जुन राई, कोषाध्यक्षमा मोहन तामाङसहित १५ सदस्य निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved