एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार गर्ने

नेपालभ्युज

एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार गर्ने
फाइल फोटो

काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यहरुको कार्यविभाजन आइतबार गर्ने भएको छ ।

शनिबार बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनमा छलफल भएको थियो ।

बैठकमा जगन्नाथ खतिवडासहित जयन्ती राई, गंगालाल तुलाधर, चन्द्रबहादुर शाही, गणेश विश्वकर्मा, माधव पौडेल, गरिमा साह, कल्याणी खड्का, विजय पौडेलले धारण राखेको उनले जानकारी दिए ।

यसैगरी नागेन्द्र चौधरी, बलराम बाँस्कोटा, विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, शत्रुधन महतो, साध्यबहादुर भण्डारी, जीवनराम श्रेष्ठ, सूर्यप्रसाद साह र भरत साहले धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved