पोखरा एभेन्जर्सको गतिलो सुरुवात

नेपालभ्युज

पोखरा एभेन्जर्सको गतिलो सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध पोखरा एभेन्जर्सले गतिलो सुरुवात गरेको छ ।

पोखराले १० ओभरमा ३ विकेटको क्षतिमा ६९ रन बनाएको हो ।

१.४ ओभरमा एन्ड्रिज गौस शून्यमा आउट भए । उनलाई काठमान्डुका गेर्हार्ड इरास्मसले आउट गरे ।

५.६ ओभरमा दिनेश खरेल ३८ रनमा आउट भए । उनलाई काठमान्डुका राशिद खानले आउट गरे ।

पहिलो ६ ओभरमा पोखराले २ विकेटको क्षतिमा ४४ रन बनायो ।

७.२ ओभरमा आफ्नो दोस्रो विकेट लिइँदै राशिदले कप्तान कुशल भूर्तेललाई ७ रनमा आउट गरे ।

११.५ ओभरमा माइकल लेविटले आकर्षित गोमेललाई ८ रनमा आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर काठमान्डुले बलिङ रोजेसँगै पोखरा ब्याटिङमा उत्रिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved