स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ– माओवादी छाडेकाहरू पार्टीमा फर्किन संवादमा छन्

नेपालभ्युज

स्थायी कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ– माओवादी छाडेकाहरू पार्टीमा फर्किन संवादमा छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर अन्य दलमा प्रवेश गरेका नेताहरू पुनः माओवादीमा फर्किन संवादमा रहेको बताएका छन् ।

उपनिर्वाचनमा माओवादीको पक्षमा पाएको सकारात्मक मतले पार्टीमा आकर्षण बढेको उनले दाबी गरे ।

प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘एमाले–कांग्रेस सरकारको अलोकप्रियताका कारण माओवादीप्रति जनआकर्षण बढेको छ ।’

यस अवसरमा प्रचण्डले पार्टी प्रवेश कार्यक्रमको लागि लुम्बिनी जान लागेको र माओवादी छाडेर एमालेमा गएका केही नेताहरू पार्टीमा फर्किनको लागि संवादमा रहेको जानकारी दिए ।

यद्यपि, उनले कुन नेता फर्किन लागेको भनेर खुलाएनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved