२०४६ सालदेखि बन्द टीकापुर विमानस्थलमा फेरि जहाज उड्ने

नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको छ, जसले व्यवसायिक उडानलाई दिगो बनाउन सहयोग पुर्‍याउने बताइएको छ ।

नेपालभ्युज

२०४६ सालदेखि बन्द टीकापुर विमानस्थलमा फेरि जहाज उड्ने

काठमाडौं । २०४६ सालदेखि बन्द रहेको टीकापुर विमानस्थल मंसिर ३० गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

तारा एयर र यती एयरलाइन्सले नियमित उडान भर्ने यस विमानस्थललाई टीकापुर नगरपालिकाको पहलमा पुनः सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकाले तारा एयरसँग न्यूनतम १५ सिटको सुनिश्चिततासहित सहमति गरेको छ, जसले व्यवसायिक उडानलाई दिगो बनाउन सहयोग पुर्‍याउने बताइएको छ ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले यो सहकार्यले टीकापुर क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

विमानस्थलमा केही समयअघि नेपाल एयरलाइन्सले परीक्षण उडान गरिसकेको छ भने तारा एयरले व्यवसायिक उडानसमेत सम्पन्न गरिसकेको छ ।

हालका लागि आइतबार र बिहीबार उडान तालिका निर्धारण गरिएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यात्रुको मागअनुसार उडान थपिनेछ ।

भाडा विवरण:
टीकापुर–काठमाडौं: रू. ९,०००
नेपालगञ्ज–टीकापुर: रू. ४,५००

तारा एयरले हाल तीन वटा ट्विनअटर वायुयानमार्फत लुक्ला, जोमसोम, डोल्पा, सिमिकोटलगायत दुर्गम क्षेत्रका विमानस्थलमा नियमित उडान गर्दै आएको छ ।

टीकापुर विमानस्थल पुनः सञ्चालनमा आउनुले यस क्षेत्रको यातायात र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved