टस जितेर पहिले फिल्डिङमा उत्रँदै लुम्बिनी, कर्णालीलाई ब्याटिङको निम्तो

नेपालभ्युज

टस जितेर पहिले फिल्डिङमा उत्रँदै लुम्बिनी, कर्णालीलाई ब्याटिङको निम्तो

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (शुक्रबार) पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।

यसैबीच लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङमा उत्रने निर्णय लिएका छन् । उनले सोमपाल कामी नेतृत्वको कर्णालीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको सामना गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

प्रतिष्ठाको लडाइँमा लुम्बिनी, जितका साथ प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा कर्णाली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved