प्रधानसेनापति सिग्देल र भारतीय समकक्षी द्विवेदीबीच भेटवार्ता

नेपालभ्युज

प्रधानसेनापति सिग्देल र भारतीय समकक्षी द्विवेदीबीच भेटवार्ता

काठमाडौं । छिमेकी देश भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गरेका छन् ।

साथै, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बुधबार नै प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसैगरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved