पाँचथर। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकालसँग जोडिएको एउटा ऐतिहासिक क्षणलाई पुनः जीवित तुल्याएका छन् ।
उनले तीन कक्षासम्म अध्ययन गरेको पाँचथरको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै आफ्नो बाल्यकालका यादलाई ससम्झना गरे।
तेह्रथुमको आठराई गाउँपालिका-४, इवामा रहेको यो विद्यालयको १८ कोठे भवन बुधबार ओलीले रिबन काटेर उद्घाटन गरे ।
विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीका अनुसार प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए ।
यो भवन दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको रु ४ करोड ४९ लाख ६० हजारको मुख्य लगानीमा निर्माण भएको हो। कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाखको योगदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार, पुरानो भवनको जीर्ण अवस्थाले पठनपाठनमा समस्या सिर्जना गरेपछि प्रधानमन्त्री ओलीलाई सहयोगका लागि अनुरोध गरिएको थियो ।
प्रधानमन्त्रीको विशेष आग्रहमा दक्षिण कोरियाको फाउण्डेसनले मुख्य लगानी गरेको घिमिरेले बताए ।
उद्घाटन कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, फाउण्डेसनका पार्क यु सुन लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।
Facebook Comment
Comment