गंगा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा

नेपालभ्युज

गंगा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् ।

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् ।

दत्तले स्मिताकी आमा गंगा दाहाललाई पठाएको एक भिडिओ सन्देशमा भनेका छन्,

‘नमस्कार । जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक कारणले म तपाईँको समारोहमा उपस्थित हुन सकिन । तर, मेरी भान्जी स्मीता सायुज्यको बिहेको हार्दिक शुभकामना । मेरी बहिनी गङ्गा र उनको परिवारलाई मेरो तर्फबाट शीवजीको धेरै धेरै आदर्शवाद रहोस् भन्ने चाहन्छु । गङ्गा बहिनी म छिट्टै आएर भेट्नेछु र छोरीलाई आर्सीवाद दिनेछु । छिट्टै भेटौँला । हरहर महादेव जय भोलेनाथ ।’

गायिका स्मिता काठमाडौंको बबरमहल निवासी सायुज्य श्रेष्ठसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् ।

विवाह समारोह काठमाडौंको मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा आयोजना गरिएको थियो ।

प्रचण्डकी नातिनी स्मितालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

स्मितालाई यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विवाहको शुभकामना दिएका थिए । मोदीले आफूलाई विवाह उत्सवमा निम्ता गरिएकामा आभार व्यक्त गरेका थिए । आउन नपाएको भन्दै शुभकामना सन्देश पुर्‍याईदिन आग्रह गर्दै पत्र पठाएका थिए ।

स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

सानै उमेरदेखि साङ्गीतिक यात्रामा सक्रिय स्मिताका ‘मायालु तिमी कता छौ’, ‘कल्लाई था छैन’ जस्ता गीत लोकप्रिय छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved