प्रचण्डकी नातिनी स्मितालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नेपालभ्युज

प्रचण्डकी नातिनी स्मितालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहाललाई बधाई दिएका छन्।

आमा गंगा दाहाललाई सम्बोधन गरी मोदीले स्मिता र सायुज्यलाई बधाई दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिएका हुन् ।

मोदीले आफूलाई विवाह उत्सवमा निम्ता गरिएकामा आभार  व्यक्त गर्दै आफ्नो बधाइ सन्देश प्रचण्डसम्म पुर्‍याइदिन पनि आग्रह गरेका छन् ।

गंगाले मोदीको उक्त बधाइ सन्देश  सामाजिक सञ्जालमा शेयर गर्दै मोदीप्रति कृतज्ञता प्रकट गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved