सुर्खेत । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि कुनै अभद्र व्यवहार नभएको स्पष्ट पारेका छन् ।
मंगलबार प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने आरोपको खण्डन गरेका हुन् ।
उनीमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको गृहमन्त्री लेखकले स्पष्ट पारे । बरु लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उनले दाबी गरे ।
बरु गृहमन्त्री लेखकले सहकारीको रकम अपचलन भएको विषयमा लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित बनाउने काम भइरहेको गुनासो गरे ।
‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन्,’ उनले भने ।
यसअघि चितवनबाट पोखरा लैजाने क्रममा रास्वपा सभापति लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको विषय बाहिरिएको थियो । यसप्रति मानवअधिकारवादीले पनि चासो लिएका थिए ।
Facebook Comment
Comment