काठमाडौं । १८औं संघीय स्सद सेवा दिवस २०८१ को उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटसल खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३-० गोल अन्तरले पराजित गरेको छ।
भृकुटीमण्डपस्थित गोल्ज् फुटसलमा आज आयोजित उक्त प्रतियोगितामा प्रतिनिधि सभाका तर्फबाट मोहन आचार्यले ५ गोल, तारा लामा तामाङले ३ गोल, सुहाङ नेम्वाङ र माधव सापकोटाले २-२ गोल र मनिष झाले १ गोल गरे ।
सभामुख देवराज घिमिरेको कप्तानीमा उत्रिएको प्रतिनिधि सभाबाट उपसभामुख इन्दिरा राना यसैगरी सांसदहरू माधव सापकोटा, मनिष झा, निशा डागी, बिना लामा, तारा लामा तामाङ, सुहाङ नेम्वाङ, मोहन आचार्यले खेलेका थिए।
यसैगरी अध्यक्ष नारायणप्रसाद दाहालको कप्तानीमा उत्रिएको राष्ट्रिय सभाको टिममा सांसदहरू घनश्याम रिजाल, पदम बहादुर परियार, भगवती न्यौपाने, तुलसाकुमारी दाहाल, गोपीबहादुर सार्की अछामी, सुरेश आलेमगर र कृष्ण बहादुर रोकाया सहभागी थिए ।
तस्वीरहरु:-
Facebook Comment
Comment