चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक

नेपालभ्युज

चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
लुम्बिनीका कप्तान रोहित पौडेल ।

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।

रोहितले ४३ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे ।

एनपीएलमा यो रोहितको दोस्रो अर्धशतक हो । यसअघि रोहितले पोखरा एभेन्जर्सविरुद्ध ९५ रन बनाएका थिए ।

साथै रोहित र साद बिन जफरले ३८ बलमा ५२ रनको साझेदारी पनि पूरा गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved