काठमाडौं । सोमबार बिहान फेसबुकमा देखिएको पोष्ट गरेको मिति नदेखिने समस्या समाधान भएको छ ।
कम्प्युटरमा क्रोम ब्राउजरमार्फत फेसबुक चलाउँदा कुनै पनि पोस्टको प्रकाशित मिति देखिँदैन भन्ने गुनासो आइरहेको थियो ।
समस्या आएको बेला पेज वा व्यक्तिगत अकाउन्टमा गरिएको पोस्ट वा लिंकमा मिति देखिनुको साटो क्लिक गर्न मिल्ने कोडजस्तो लिंक मात्र देखिएको थियो ।
यो समस्या देखिएको केही घण्टापछि नै समाधान भएको छ । अहिले पोस्टमा प्रकाशित मिति र समय पुनः देखिन थालेको छ। प्रयोगकर्ताहरूले यसलाई सामान्य अवस्थामा फर्किएको बताएका छन् ।
यस समस्याबारे फेसबुकले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर, प्राविधिक विज्ञहरूले यो फेसबुकको आन्तरिक त्रुटि वा सिस्टम अपडेट को कारणले भएको हुनसक्ने बताएका छन् ।
प्रयोगकर्ताहरूका अनुसार, यस्तो समस्या कहिलेकाहीँ प्लेटफर्ममा नयाँ फिचर परिक्षण गर्दा वा प्राविधिक अद्यावधिकका क्रममा हुनसक्छ ।
फेसबुकमा समस्या, पोस्ट गरेको मिति गायब !
Facebook Comment
Comment