काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले सिरियाका राष्ट्रपति बशर अल–असद अपदस्थ भएको विषयलाई सकारात्मक लिएको बताएका छन् ।
हालै ह्वाइट हाउसको एक कार्यक्रममा प्रतिक्रिया दिँदै उनले असदको २४ वर्षे शासनको पतनसँगै अब दुःखकष्ट भोगेका सिरियाली जनताले राहत पाउने बताएका हुन् ।
राष्ट्रपति बाइडनले सिरियाली जनताका लागि अब नयाँ भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर आएको बताएको अल–अजिराको समाचारमा उल्लेख छ ।
‘सिरियाली सरकारको पतन एक ऐतिहासिक न्यायको प्रक्रिया हो । यो दुःखकष्ट भोगेका सिरियाका जनताका लागि नयाँ भविष्य निर्माण गर्ने ऐतिहासिक अवसर हो,’ उनले भने ।
यसैबीच विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेको पाइएको छ ।
एक रुसी विमानले असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ ।
विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।
सम्बन्धित समाचार :
Facebook Comment
Comment