काठमाडौं । विद्रोही समूह हायात ताहिर अल–शाम्स (एचटीएस)ले आक्रमण गरेपछि देश छोडेका सिरियाका राष्ट्रपति बाशर अल–असद परिवारसहित रुस पुगेका छन् ।
उनलाई मानवताका आधारमा रुसले आश्रय दिएको रुसी अधिकारीहरूले बताएका छन् । रुसी समाचार एजेन्सीहरू इन्फोट्याक्स, टास र रिया नोवोस्तीले क्रिमलिन स्रोतलाई उद्धृत गर्दै असद रुसमा पुगेको समाचार प्रकाशन गरेका छन् ।
एक रुसी विमानले अपदस्थ राष्ट्रपति असदलाई रुस लगेको हुनसक्ने आशंका गरिएको छ ।
विद्रोही फौजले आइतबार बिहान राजधानी दमास्कसमा हमला गरी असदको सत्तालाई पराजित गरेको घोषणा गरेको थियो । विद्रोही राजधानी आइपुग्नुअघि नै असद भागेका थिए । तर उनी कहाँ गए भन्ने यसअघि जानकारी थिएन ।
Facebook Comment
Comment