रवि लामिछानेलाई थप चार दिन हिरासत राख्न अनुमति

नेपालभ्युज

रवि लामिछानेलाई थप चार दिन हिरासत राख्न अनुमति
रवि लामिछाने (फाइल तस्वीर) ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आज, कास्की अदालतमा उनलाई म्याद थपका लागि पेश गरिएको थियो ।

अदालतले अभियोगको थप अनुसन्धानका लागि प्रहरीलाई समय दिएको हो ।

लामिछानेका समर्थकहरूले उनको हिरासतप्रति आपत्ति जनाउँदै आएका छन् ।

लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष समेत रहेका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पर्समा पनि पक्राउ पुर्जी जारी भएको छ ।

अब पोखरापछि उनलाई पर्सा ल्याउने तयारी छ । यसअघि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved