फ्रान्सका प्रधानमन्त्री बार्निएरले दिए राजीनामा, अर्को व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोनको आग्रह

नेपालभ्युज

फ्रान्सका प्रधानमन्त्री बार्निएरले दिए राजीनामा, अर्को व्यवस्था नभएसम्म जिम्मेवारी सम्हाल्न राष्ट्रपति म्याक्रोनको आग्रह

पेरिस । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले संसदमा अविश्वासको प्रस्तावविरुद्ध बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । उनले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोनलाई भेटी राजीनामा दिएका हुन् ।

तर राष्ट्रपति म्याक्रोनले बार्नियरलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेकाे फ्रान्सका सञ्चारमाध्यमले जनाएका छन् ।

समकालीन फ्रान्सको सबैभन्दा छोटो सेवा गर्ने प्रधानमन्त्री बनेका बार्नियर राजीनामाको औपचारिकताका लागि स्थानीय समयानुसार बिहान ९ बजे ‘एलिसी प्यालेस’ पुगेका थिए ।

बुधबार वामपन्थी समूहले प्रस्ताव गरेको अविश्वासको प्रस्तावलाई बहुमत सांसदले समर्थन गरेका थिए । मरिन ले पेनको नेतृत्वमा रहेको गठबन्धनले प्रस्तावको समर्थनमा मत दिएको थियो ।

प्रधानमन्त्री बार्नियरले संसदीय समर्थन विनै संविधान प्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा वित्तीय योजना’ विधेयकलाई पारित गर्न खोजेपछि विपक्षी चरम दक्षिणपन्थी दल नेसनलर्‍ याली र वामपन्थी दल न्यू पपुलर फ्रन्टले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

राष्ट्रपति म्याक्रोनले स्थानीय समयअनुसार राति ८ बजे राष्ट्रका नाममा सम्बोधन गरेको उनको कार्यालयले जनाएको छ ।

फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वासको प्रस्तावबाट ढल्यो सरकार, बर्नियर ३ महिनामै पदमुक्त


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved