वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

नेपालभ्युज

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको ठहर

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार नेपालीलाई दोषी ठहर गरेको छ भने बाँकी आरोपीहरूलाई सफाइ दिएको छ ।

नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको विशेष अदालत स्रोतले जानकारी दिएको छ । अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अरु आरोपितलाई भने सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved