शेख हसिनाको ‘घृणायुक्त भाषण’माथि प्रतिबन्ध लगाउन आदेश

नेपालभ्युज

शेख हसिनाको ‘घृणायुक्त भाषण’माथि प्रतिबन्ध लगाउन आदेश

काठमाडौं । बंगलादेशको इन्टरनेशनल क्रिमिनल ट्रिब्यूनल (आईसीटी)ले पूर्वप्रधानमन्त्री शेख हसिनाको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘घृणापूर्ण’ भाषण हटाउन आदेश दिएको छ ।

बीबीसी बंगलाकाअनुसार अदालतले बंगलादेशको दूरसञ्चार नियामक आयोग (बीटीआरसी)लाई हसिनाका घृणायुक्त भाषणहरू जतिसक्दो चाँडो सबै प्रकारका मिडियाबाट हटाउन आदेश दिएको हो ।

बिहीबार न्यायाधीकरणका अध्यक्ष न्यायाधीश गुलाम मुर्तजा मजुमदारको अध्यक्षतामा रहेका तीन न्यायाधीशको इजलासले यस्तो आदेश दिएको हो ।

केही दिनयता हसिनाको भाषणका केही भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

बंगलादेशको राजनीतिक उथलपुथलका बीच हसिना आफ्नो देश छोडेर भारत गएकी थिइन् । उनी अहिले पनि त्यहीँ छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved