ममता काफ्ले हत्या प्रकरण: श्रीमान् नरेश भट्टको सुनवाइ ९ महिनापछि

नेपालभ्युज

ममता काफ्ले हत्या प्रकरण: श्रीमान् नरेश भट्टको सुनवाइ ९ महिनापछि

काठमाडौं । अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या र शव लुकाएको अभियोगमा उनका श्रीमान् नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ ।

प्रिन्स विलियम काउन्टी सर्किट कोर्टले ३७ वर्षीय नरेश भट्टको सुनवाइ २०२५ को सेप्टेम्बर ८ मा गर्ने निर्णय गरेको हो । यसअघि, शव लुकाएको आरोपमा हुने भनिएको सुनवाइ सोमबार पत्नीको हत्या अभियोग दर्ता भएसँगै ९ महिनाका लागि पछि सारिएको छ ।

ममता काफ्ले, जो प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रूपमा कार्यरत थिइन्, अन्तिमपटक २७ जुलाईमा अस्पताल पुगेकी थिइन् ।

लामो समयसम्म काममा अनुपस्थित भएपछि उनका सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी अनुसन्धानको क्रममा नरेश भट्टले ममतालाई ३१ जुलाईमा अन्तिमपटक भेटेको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानपछि, २२ अगष्टमा नरेशलाई ममतालाई बेपत्ता पारेको अभियोगमा पक्राउ गरियो । तर, पछिल्लो प्रमाणले ममताको हत्या र शव लुकाउने कार्यमा नरेशकै संलग्नता पुष्टि गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved