फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वासको प्रस्तावबाट ढल्यो सरकार, बर्नियर ३ महिनामै पदमुक्त

नेपालभ्युज

फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वासको प्रस्तावबाट ढल्यो सरकार, बर्नियर ३ महिनामै पदमुक्त

काठमाडौं । फ्रान्समा अविश्वासको प्रस्तावबाट सरकार ढलेको छ ।

फ्रान्समा ६२ वर्षपछि पहिलोपटक अविश्वासको प्रस्तावबाट सरकार ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि अविश्वासकाे प्रस्तावबाट सन् १९६२ फ्रेन्च सरकार ढलेको बीबीसीको समाचारमा उल्लेख छ ।

अविश्वास प्रस्ताव बहुमतले पास भएपछि तीन महिनाअघि मात्रै प्रधानमन्त्री बनेका मिशेल बर्नियर पदमुक्त भएका छन् ।

अविश्वास प्रस्तावमा हारेपछि उनी फ्रान्सको इतिहासमै सबैभन्दा कम समय पदमा रहने प्रधानमन्त्री बनेका छन् । उनी ९१ दिनसम्म मात्र प्रधानमन्त्री रहे ।

विपक्षी दलहरूले प्रधानमन्त्री बर्नियरविरुद्ध सोमबार संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । दक्षिणपन्थी र वामपन्थी दलका सांसदहरूको उक्त प्रस्ता बहुमतले पारित भएको हो ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved