दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

नेपालभ्युज

दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।

गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ ।

तिनीहरूमध्ये ३८ जना पर्यटकहरु यहि स्थान बाट सम्पर्कविहीन भएको तथा बाँकी यात्रुहरू सोही उडानमा फिर्ता भएको स्रोतले जनाएको छ ।

ती विदेशी यात्रुहरूलाई बिनाभिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् ।

टापुस्थित अध्यागमन कार्यालयले बेपत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved