कीर्तिपुर–२ मा सकियो मतगणना : कांग्रेसका डंगोललाई बढी मत

नेपालभ्युज

कीर्तिपुर–२ मा सकियो मतगणना : कांग्रेसका डंगोललाई बढी मत
कृष्णमान डंगोल ।

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)पदमा लागि भएको उपनिर्वाचनअन्तर्गत वडा नम्बर २ को मतपरिणाम आएको छ ।

सो वडामा पनि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले नै बढी मत ल्याएका छन् । डंगोलले ५७८ मत ल्याएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ४७२ र नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ४०० मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले २१५ मत ल्याएका छन् ।

कीर्तिपुरको मेयरमा आइतबार रातिदेखि जारी मतगणनामा कांग्रेसमा डंगोलले निरन्तरता अग्रता बनाइरहेका छन् ।

डंगोलले अहिलेसम्म १ हजार ८९२ मत पाएका छन् । नेकपा एमालेका सुरेन्द्र महर्जनले १ हजार ३७८ मतसहित पछ्याइरहेका छन् ।

माओवादीका शिव शरणले १ हजार १८८ तथा स्वतन्त्र राजमान महर्जनले ७३६ र अर्का स्वतन्त्र दिनेश कुमार अधिकारीले ६४२ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved