त्रियुगा–१२ को वडाध्यक्षमा एमालेलाई पछि पार्दै माओवादीका उम्मेदवार निर्वाचित

नेपालभ्युज

त्रियुगा–१२ को वडाध्यक्षमा एमालेलाई पछि पार्दै माओवादीका उम्मेदवार निर्वाचित

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नवीकुमार वान्तवा राई निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ९२३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए ।

यसैगरी नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा (एकीकृत समाजवादी)की निर्मला चौधरीले ३१२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुव पोखरेलले २०२ मत प्राप्त गरे ।

त्रियुगा–१२ मा २ हजार ५२७ मत खस्दा ४९ मत बदर भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved