प्रधानमन्त्री चीन जानु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

नेपालभ्युज

प्रधानमन्त्री चीन जानु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा निस्कनुअघि बालुवाटारमा मन्त्रिपरिषद्को बैठक राखेका छन् ।

सोमबार चीनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले त्यसअघि मन्त्रिपरिषद् बैठक राखेका हुन् ।

प्रधानमन्त्रीको नेतृत्वमा चीन जाने प्रतिनिधिमण्डल यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ।

प्रधानमन्त्रीले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर भ्रमणबारे जानकारी गराइसकेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कने तालिका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved