जिसस कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीकाकुमारीले पाइन् प्रमाणपत्र

नेपालभ्युज

जिसस कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीकाकुमारीले पाइन् प्रमाणपत्र

धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित कांग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथपछि उनलाई प्रमाणपत्र दिइएको हो । नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भूल समन्वय प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नागरिक उन्मुक्ति पार्टीकी थारुले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध भएकी भुललाई प्रमाणपत्र दिइएको बताए ।

यसअघि कांग्रेसबाटै जिल्ला समन्वय समितिको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पद रिक्त थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved