धनुषाधाम–१ मा ४८ प्रतिशत मतदान

नेपालभ्युज

धनुषाधाम–१ मा ४८ प्रतिशत मतदान

जनकपुरधाम । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत धनुषामा ४८ प्रतिशत मतदान भएको छ ।

धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा आज दिउँसो साढे १ बजेसम्म ४८ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय धनुषाधामले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत चुडामणि खड्काका अनुसार आज बिहान सवा ७ बजेदेखि मतदान सुरु भएको हो । अहिलेसम्म एक हजार ५५१ जनाले मतदान गरिसकेको उनले बताए ।

मतदान साँझ ५ बजेसम्म चल्ने र त्यसपश्चात मतगणना सुरु हुने जनाइएको छ ।

धनुषाधाम– १ मा कुल २ हजार ६३६ मतदाता रहेका छन् । मतदानका लागि तीनवटा मतदान केन्द्र तोकिएको छ ।

गोविन्दपुर वडा नम्बर १ को वडा कार्यालय र मुंग्राहास्थित मतदान निमाविमा केन्द्र रहेको छ ।

उपनिर्वाचनमा वडा नम्बर १ मा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved