स्थानीय तहको उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु

स्थानीय तहको उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान सुरु
कीर्तिपुरमा जारी मतदान । तस्वीर : सरोज बस्नेत/नेपालभ्युज ।

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज (आइतबार) मतदान भइरहेको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा आज बिहान ७ देखि मतदान सुरु भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मतदान सुरु भएको छ ।

मतदान आज अपराह्न ५ बजेसम्म चल्नेछ ।

नगरपालिका प्रमुख (मेयर) एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।

आज स्थानीय तहको उपनिर्वाचन : बिहान ७ बजेदेखि मतदान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved