एनपिएलको उद्घाटन खेलको सबै टिकट बिक्री, घरमै हेर्नुहोस् यसरी

नेपालभ्युज

एनपिएलको उद्घाटन खेलको सबै टिकट बिक्री, घरमै हेर्नुहोस् यसरी

काठमाडौं । आज शनिबार सुरु हुन लगेको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट हिजै सकिएको छ । पहिलो खेलको टिकट र भिआइपी पासहरू सबै सकिएको हो ।

टिकट नपाएको भएमा टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अनुरोध गरेका छन् ।

खेल टेलिभिजनमा स्टार स्र्पाेटर्स र युट्युबमा ‘एक्सन स्पोर्ट्स’बाट हेर्न सकिने छ ।

मध्यान्न सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच उद्घाटन खेल हुँदैछ । एनपिएलमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

यो च्यानलमा हेर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved