यू-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

नेपालभ्युज

यू-१९ एसिया कप : नेपाल श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभर २ बलमा १७८ रनमा ‘अलआउट’ भएर पराजित भएको  हो ।

नेपालका मयन यादवले सबैभन्दा धेरै ६२ रन बनाए भने श्रीलंकाका प्रभीन मनीषाले ३ विकेट लिए  ।

यसअघि यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो । श्रीलंकाका शारुजन शानमुगनाथनले ६२ रन बनाए । नेपालका सन्तोष यादवले ४ विकेट लिए।

नेपालले समूह चरणको दोस्रो खेल आइतबार बंगलादेशसँग र तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved