यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने उद्योगी-व्यवसायी (सूचीसहित)

नेपालभ्युज

यी हुन् प्रधानमन्त्रीको चीन भ्रमणमा सहभागी हुने उद्योगी-व्यवसायी (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० सम्म हुने चीन भ्रमणमा करिब ३ दर्जन उद्योगी व्यवसायी सहभागी हुने भएका छन् ।

परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा विभिन्न क्षेत्रका ३६ जना उद्योगी-व्यवसायी सहभागी हुनेछन् ।

टोलीमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व अध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ लगायत छन् ।

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँग चीन जाँदैछन् ।

यसैगरी स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्की, नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इङ्क प्रालीका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा समेटिएका छन् ।

यो टोलीले भ्रमणका क्रममा चीनका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग दुईदेशबीचको सहकार्यबारे छलफल गर्नेछ । दुई देशका संस्थाले संयुक्त रुपमा आयोजना गर्ने नेपाल-चाइना विजनेश फोरममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै चीन जानेगरी मन्त्रिपरिषदले प्रस्ताव पारित गरिसकेको छ ।

प्रधानमन्त्रीसँग चीन भ्रमणमा जाने उद्योगी व्यवसायीको सूची 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved