युक्रेनको ऊर्जा ग्रिडमा रुसको व्यापक आक्रमणः जेलेन्स्की

नेपालभ्युज

युक्रेनको ऊर्जा ग्रिडमा रुसको व्यापक आक्रमणः जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका ऊर्जा केन्द्रहरूमा बिहीबार रूसले कैयौँ राउण्ड हवाई आक्रमण गरेको बताएका छन् ।

रूसी सेनाले लडाकू विमान र अन्यमाध्यमबाट व्यापक गोलाबारी गरेको र यसबाट विदुत आपूर्तिमा व्यापक समस्या आएको राष्ट्रपति जेलेन्स्कीले बताए ।

विशेषज्ञहरूका अनुसार किएभ र मस्को दुवैले लगभग तीन वर्षको युद्धमा व्यापक शक्तिशाली गोलाबारूद्को प्रयोग गरेका छन्।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भनेका छन्, “धेरै क्षेत्रमा शक्तिशाली विस्फोटक पदार्थ खसालिएको छ भने उनीहरूको हतियारसहितको आक्रमणलाई रेकर्ड गरिएको छ ।”

भिडियोमा उनीहरूले नागरिक पूर्वाधारलाई समेत निशाना बनाएका छन् । युक्रेनले ७९ वटा क्षेप्यास्त्र र ३५ वटा ड्रोन खसालेको उक्त ब्यारेजले १० लाखभन्दा बढी युक्रेनी नागरिकलाई चिसो मौसममा बिजुलीविहीन बनाएको छ ।

जेलेन्स्कीले भने, “यो रूसी ‘आतङ्कवादी’ रणनीतिको अत्यन्त घृणित वृद्धि हो ।” सन् २०२२ को फेब्रुअरीमा रूसले युद्ध सुरु गरेयता युक्रेनमा विस्फोटक युद्धसामग्रीले एक हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको वा घाइते भएको ‘क्लस्टर म्युनिशन कोलिशन (सीएमसी)’ ले सेप्टेम्बरमा आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

“गोलाबारूदले कहिलेकाही लक्षित स्थानमा नलाग्ने तथा नपड्किने हुँदा यसले आक्रमणस्थलमा दीर्घकालीन जोखिम पनि निम्त्याउँछ । तिनीहरूले प्रभावकारी रूपमा बारूदी सुरूङको रूपमा काम गर्छन् जुन वर्षौंपछि पनि विस्फोट हुन सक्छ,” सीएमसीले भनेको छ ।

‘क्लस्टर बम’को प्रयोग, स्थानान्तरण, उत्पादन र भण्डारणलाई निषेध गर्ने सन् २००८ को क्लस्टर युद्धसामग्रीसम्बन्धी महासन्धिको पक्षराष्ट्रमा सम्झौतामा हस्ताक्षर गर्ने ११२ राज्यमा रूस र युक्रेन रहेका छैनन् ।

सन्धिको पक्षराष्ट्र नभएको अर्थात् सन्धिको पक्षमा हस्ताक्षर नगरेको संयुक्त राज्य अमेरिकाले जुलाई २०२३ मा किएभलाई ‘क्लस्टर युद्धसामग्री’ हस्तान्तरण गर्न सहमत भएको थियो । यो कदमको रूस र अमेरिकाका सहयोगीहरूले समेत आलोचना गरेका थिए । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved