श्रीलङ्काको मौसममा खराबी : एक जनाको मृत्यु, ८२ हजारभन्दा बढी प्रभावित

नेपालभ्युज

श्रीलङ्काको मौसममा खराबी : एक जनाको मृत्यु, ८२ हजारभन्दा बढी प्रभावित

कोलम्बो । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिस प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।

विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डीएमसी) जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको बताएका छन् । उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौँ घरहरू क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

मौसम विज्ञान विभागले प्रतिकुल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बुधबार बताएको छ ।

विभागका अनुसार मौसमी प्रभाव श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र थप तीव्र भइ चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved