बीआरआईमा सहमति खोज्न कांग्रेस-एमालेका शीर्ष नेताहरु बालुवाटारमा

नेपालभ्युज

बीआरआईमा सहमति खोज्न कांग्रेस-एमालेका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सहमति खोज्न दुई दलका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा सहमति जुटाउन शीर्ष नेताहरूसहितको छलफल बालुवाटारमा जारी रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार छलफलमा  परराष्ट्रमन्त्री आरजु राणा देउवासहित कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा सहभागी छन् ।

बीआरआईमा सतप्रतिशत अनुदान लिने भएमात्रै कार्यान्वयनको चरणमा जानुपर्ने कांग्रेसको अडान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved