दृष्टिविहीन टी-२० विश्वकप : पाकिस्तानसँग नेपाल १० विकेटले पराजित

नेपालभ्युज

दृष्टिविहीन टी-२० विश्वकप : पाकिस्तानसँग नेपाल १० विकेटले पराजित

काठमाडौं । पाकिस्तानमा जारी दृष्टिविहीन टी-२० विश्वकपअन्तर्गत  बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रन बनायो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडे ।

नेपालले दिएको १ सय १ रनको लक्ष्य पाकिस्तानले ६ ओभर ४ बलमा कुनै विकेट नगुमाई पूरा गर्‍यो ।

चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आजको खेलमा पराजित भएपनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved