पीएसजी बायर्नसँग पराजित, बार्सिलोनाको सहज जित

नेपालभ्युज

पीएसजी बायर्नसँग पराजित, बार्सिलोनाको सहज जित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बायर्न म्युनिखसँग पराजित भएको छ ।

मंगलबार मध्यराति एलियाज एरिनामा भएको खेलमा पीएसजी जर्मन क्लब बायर्नसँग १–० गोलको झिनो अन्तरले पराजित भएको हो ।

घरेलु टोली बायर्नले खेलको ३० औँ मिनेटमा किम मिन जेईको गोलमा अग्रता लिएको थियो । ओस्मान डेम्बेलेले खेलको ५६ औँ मिनेटमा रातो कार्ड खाएपछि पीएसजी १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि पीएसजी खेलमा फर्कन सकेन । अनि खेल बायर्नले झिनो अन्तरले जित्यो ।

यस जितसँगै बायर्न ९ अंकसहित अंक तालिकाको नवौं स्थानमा छ । पराजित पीएसजी ४ अंकसहित लिगको २६ औँ स्थानमा छ ।

यस्तै अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले ब्रेस्टमाथि ३–० गोलअन्तरको सहज जित हासिल गरेकाे छ । घरेलु मैदान क्याम्प नाउमा भएको जितमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले २ तथा ड्यानी ओल्मोले १ गोल गरे ।

यस जितले बार्सिलोना १३ अंकसहित दोस्रो स्थानमा कायम छ । फ्रेन्च क्लब ब्रेस्ट १० अंकसहित लिगको १० औँ स्थानमा छ ।

अर्को खेलमा तीन गोलको अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटी तुलनात्मक कमजोर टोली फेयनोर्डसँग घरेलु मैदानमै ३–३ गोलको बराबरीमा रोकिएको हो ।

तीन गोलको अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै बराबरीमा रोकियो सिटी

हेरौँ मंगलबार मध्यराति भएका सबै खेलको नतिजा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved