युक्रेनद्वारा रुसमा अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

नेपालभ्युज

युक्रेनद्वारा रुसमा अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

काठमाडौं । रुसले पहिलो पटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । साथै, कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको बताएको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्ष्य गरिएको छ ।

हालै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएको छ र त्यसलाई रुसभित्र प्रयोग गर्न अनुमति पनि दिएको छ । युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो ।

यसपछि रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति जारी गरी प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ ।

यसैबीच युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved