प्राइम सहकारी ठगी प्रकरणमा श्रेष्ठ कारागार चलान

नेपालभ्युज

प्राइम सहकारी ठगी प्रकरणमा श्रेष्ठ कारागार चलान

काठमाडौं । पोखराको गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि श्रेष्ठलाई मंगलबार कारागार चलान गरिएको हो ।

श्रेष्ठ  मंसिर ८  गते पक्राउ परेका थिए । तनहुँको ब्यास नगरपालिका   १० का ५६ वर्षीय श्रेष्ठसँग अदालतले ५० लाख धरौटी माग गरेको थियो ।

उनलाई मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved