स्वदेश फर्किएपछि सभामुख घिमिरेले भने- नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी

नेपालभ्युज

स्वदेश फर्किएपछि सभामुख घिमिरेले भने- नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी

काठमाडौं । कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका सभामुख देवराज घिमिरेले नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी भएको बताएका छन् ।

नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औं पूर्ण सत्रमा सहभागी भएर  मंगलबार राति स्वदेश फर्किएका घिमिरेले यस्तो बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण सफल भएको बताए । ‘नेपाल विश्वभरका जनताहरू शान्ति, समृद्धि र मेलमिलापमा जीवन बिताउन् भन्ने चाहन्छ,’ विमानस्थलमा सभामुख घिमिरेले भने, ‘नेपालले दशक लामो गृहयुद्धलाई शान्तिपूर्ण वार्ताबाट टुंगोमा पुर्‍याएको उपलब्धि विश्वका अन्य देशलाई पनि प्रेरणादायी बन्न सक्दछ । नेपालको मौलिक शान्ति प्रक्रियाको सफलता प्रवर्द्धन गर्न भ्रमण सफल भएको छ ।’

मंसिर ८ देखि ११ गतेसम्म चलेको सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गरेर स्वदेश फर्किएका सभामुख घिमिरेलाई  त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलगायत उच्च अधिकारीले स्वागत गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved