काठमाडौं-१६ : स्वतन्त्र उम्मेदवार पन्तले रास्वपाकी श्रेष्ठलाई समर्थन गर्ने

नेपालभ्युज

काठमाडौं-१६ : स्वतन्त्र उम्मेदवार पन्तले रास्वपाकी श्रेष्ठलाई समर्थन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने भएका छन्।

मंगलबार रास्वपाको पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा पन्तले रास्वपा उम्मेदवार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको जानकारी दिएका हुन्।

रास्वपाको प्रतिबद्धता पत्र र आफ्नो उम्मेदवारीको प्रतिबद्धता समान उद्देश्य प्राप्तिका लागि भएको भन्दै पन्तले यसको कार्यान्वयनका लागि सहकार्य गर्ने सहमति गरेको बताए ।

उनले भने, ‘पछिल्लो राजनीतिका विभिन्न पक्षहरूको विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ (चुनाव चिह्न घण्टी) एक सशक्त उम्मेदवार भएको अनुभूति भयो, एक सफल व्यवसायी एवं महिला नेताले म लगायत परिवर्तनका पक्षधरहरूको भावना समेटेर काम गर्ने कुरामा म विश्वस्त छु ।’

मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं-१६ मा १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved