दक्षिण कोरियामा धेरै मोटाएको आरोपमा पुरूषलाई जेल सजाय

नेपालभ्युज

दक्षिण कोरियामा धेरै मोटाएको आरोपमा पुरूषलाई जेल सजाय

काठमाडौं । दक्षिण कोरियामा एक पुरुषलाई धेरै मोटाएको आरोपमा जेल सजाय सुनाइएको छ ।

सीएनएनकाअनुसार सेनामा अनिवार्य सेवा छल्नका लागि मोटोपनाको सिकार हुने गरी खाना खाएको भन्दै नाम सार्वजनिक नगरिएका ती पुरुषलाई अभियोग चलाइएको थियो ।

सोलको एक अदालतले नोभेम्बर १३ मा देशको सैन्य सेवा ऐनको उल्लङ्घन गरेको ठहर गर्दै एक वर्षको जेल सजाय तोकेको हो ।

सेनामा काम गर्ने क्रममै १०२ किलो तौलको भएपछि गएको वर्ष जुनमा ती पुरुषलाई सक्रिय ड्युटीबाट हटाइएको थियो । उनी ६ वर्षअघि सेनामा सेवाका लागि प्रारम्भिक शारीरिक परीक्षाबाट योग्य साबित भएका थिए । उनको तौल त्यसबेला ठिकठाकै थियो ।

तर, तौल बढाउन ती पुरुषले उच्च क्यालोरीयुक्त खानेकुरा खाएको अनि शारीरिक परिश्रम पर्ने काम पनि गर्न नमानेको र जानी जानी तौल बढाउन उच्च मात्रामा पानी खाएको अदालतको फैसलामा उल्लेख छ । ती पुरुषलाई त्यस्तो जुक्ति सिकाउने अर्का एक पुरुषलाई पनि ६ महीनाको जेल सजाय सुनाइएको सीएनएनले जनाएको छ ।

कोरियाली युद्धयता दक्षिण कोरियामा सक्षम सबै पुरुषले २८ वर्ष पुग्ने बेलासम्म अनिवार्य रूपमा कम्तीमा १८ महिना सेनामा सेवा गर्नुपर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved