काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। क्यानले साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको सोमबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
सोमबार रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिने क्यानले जनाएको छ । क्यानले शनिबार हुने उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ।
अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।
फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ। सिजनल पासमा २० प्रतिशत छुट दिने क्यानले जनाएको छ ।
मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ ।
यस्तो छ टिकटदरको विवरण

Facebook Comment
Comment