काठमाडौं । भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सबैभन्दा महंगा खेलाडी बनेका छन् ।
साउदी अरेबियाको जेद्दाहमा जारी मेगा अक्सनमा लखनऊ सुपर जायन्ट्सले ऋषभलाई २७ करोड भारतीय रुपैयाँ (भारू) मा भित्र्याएसँगै उनी महंगा खेलाडी बनेका हुन् ।
यस क्रममा ऋषभले आफ्नै देशका श्रेयस अय्यरलाई पछि पारे । यही अक्सनमा श्रेयसलाई भित्र्याउन पञ्जाब किंग्सले २६ करोड ७५ लाख भारू खर्चिएको थियो ।
यसअघि दिल्ली क्यापिटल्समा रहेका ऋषभको न्यूनतम मूल्य २ करोड भारू रहेको थियो ।
यसअघिका सर्वाधिक मूल्य पाउने खेलाडीमा श्रेयस रहेका थिए । यसै अक्सनमा अय्यरले पञ्जाब किंग्समा २६ करोड ७५ लाख भारूमा अनुबन्ध गरेको हो ।
गत वर्ष कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारूमा अनुबन्ध गर्दा उनी सर्वाधिक महंगा खेलाडी बनेका थिए ।
आईपीएलको अक्सन आज (सोमबार) पनि हुनेछ ।
Facebook Comment
Comment