चुनावी घरदैलोमा विश्वप्रकाशको आश्वासन– कांग्रेसले जितेमा जनताका समस्या समाधान हुन्छन्

नेपालभ्युज

चुनावी घरदैलोमा विश्वप्रकाशको आश्वासन– कांग्रेसले जितेमा जनताका समस्या समाधान हुन्छन्

इनरुवा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा सुनसरी आइपुगेका उनी आइतबार आयोजित घरदैलो कार्यक्रममा सहभागी भए ।

कांग्रेस विजयी भएमा जनताका समस्या समाधान हुने महामन्त्री शर्माले आश्वासन दिए । कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने भएकाले कांग्रेसको जित आवश्यक रहेको उनको भनाइ थियो ।

घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसहितका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved