आरजुका व्यापारिक साझेदार उमेश श्रेष्ठ बने कांग्रेसको कोषाध्यक्ष, देउवाले गरे मनोनीत

नेपालभ्युज

आरजुका व्यापारिक साझेदार उमेश श्रेष्ठ बने कांग्रेसको कोषाध्यक्ष, देउवाले गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा मनोनयन गरेका छन् ।

कांग्रेसको विधान, २०७९ (संशोधित) अनुसार धारा २१ को उपधारा (५) बमोजिम कोषाध्यक्ष पदमा श्रेष्ठलाई मनोनयन गरिएको हो ।

कांग्रेस मुख्यालय सानेपाबाट आइतबार सोमबार जारी प्रेस विज्ञप्तिमा प्रमुख सचिव कृष्णप्रसाद पौडेलले श्रेष्ठलाई कोषाध्यक्ष नियुक्त गरिएको जनाएका छन् ।

२०८० को प्रतिनिधिसभा उपचुनावमा चितवनबाट चुनाव उठेका श्रेष्ठले रवि लामिछानेसँग चुनाव हारेका थिए । उनी समानुपातिक सांसद भने पहिल्यै भइसकेका थिए ।

श्रेष्ठ, कांग्रेस सभापति देउवाकी पत्नी आरजु राणाको व्यावसायिक सझोदर समेत हुन् । केही होटेललगायतका क्षेत्रमा उनीहरूको लगानी रहेको बताइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved