रविलाई आज अदालतमा उपस्थित गराइँदै

नेपालभ्युज

रविलाई आज अदालतमा उपस्थित गराइँदै
फाइल तस्वीर ।

काठमाडाै‌ं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (आइतबार) पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि यसअघि दिइएको १३ दिनको म्याद शुक्रबार सकिएसँगै उनलाई आज म्याद थपका लागि प्रहरीले कास्की जिल्ला अदालतमा पेस गर्न लागेको हो ।

म्याद थपेपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

लामिछानेविरुद्ध काठमाडौं र चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । आज म्याद थपेर क्रमशः उनलाई काठमाडौं र चितवन लाने प्रहरीको तयारी रहेको बुझिएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved