उपनिर्वाचन : कीर्तिपुरमा प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता

नेपालभ्युज

उपनिर्वाचन : कीर्तिपुरमा प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति हुन लागेको उपनिर्वाचनमा सहभागी प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

मेयर पदका उम्मेदवारले मतदाताका घरघरमा पुगेर आफ्ना एजेन्डाका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, राप्रपा, नेमकिपालगायत दलका साथै स्वतन्त्र उम्मेदवारहरूमध्ये केही घरघरमा पुगेका छन् । केहीले चोकचोकमा सभा गरिरहेका छन् । केही उम्मेदवारले साइकल र्‍याली गर्दै प्रचारप्रसार गरिरहेका छन् ।

एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनलगायत केही व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved