मुख्यमन्त्री कार्कीको निवासमा शंकास्पद वस्तु फेला

नेपालभ्युज

मुख्यमन्त्री कार्कीको निवासमा शंकास्पद वस्तु फेला
हिक्मतकुमार कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापास्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान गौरादह नगरपालिका-३ डिपु चोकमा रहेको कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने वस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो ।

विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान घर पुगेका थिए । बिहान घरमा आमालाई भेटेर उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरी टोली पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved