काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शनिबार बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले तोकिएका स्थानमा पुराना पोल सिधा पार्ने, जीर्ण ट्रान्सफर्मर बदल्ने र सुधारका अन्य काम गर्न फिडर सटडाउन गर्ने जनाएको छ ।
प्रभावित क्षेत्रहरू र समय
१. न्युरोड फिडर
बिहान ८:३० देखि दिउँसो ३:०० बजेसम्म
संकटा
न्युरोड गेट
पिपल बोट
गोरखापत्र संस्थान
भूगोल पार्क
दमकल गेट
वसन्तपुर डवली
झोसे
ओमबहाल
हनुमानढोका
२. महाबौद्ध फिडर
बिहान ८:३० देखि दिउँसो ३:०० बजेसम्म
महाबौद्ध सवस्टेशन
न्युरोड गेट
रञ्जना हल
विशालबजार सवस्टेशन
विशाल बजार अगाडि
गणेशस्थान
ट्रमा अस्पताल पछाडिको क्षेत्र
३. कालीमाटी फिडर
बिहान ८:०० देखि दिउँसो २:०० बजेसम्म
टेकु (नेशनल ट्रेडिङ हुँदै)
हनुमन्त भीमसेन स्थान
परोपकार
रामघाट
शान्ति निकेतन स्कूल
मरुहिटी
ढोकाटोल
नरदेवी अस्पताल अगाडि
टंगाल
भुरुङ्गखेल
प्राधिकरणका अनुसार यी स्थानहरूमा बांगो पोल सिधा पार्ने, जीर्ण ट्रान्सफर्मर बदल्ने र विद्युत व्यवस्थापन सुधारको काम हुनेछ। काम छिटो सकिएमा निर्धारित समयभन्दा पहिले नै विद्युत सेवा पुनः सञ्चालन गरिने जानकारी दिइएको छ।
विद्युत अवरुद्ध हुने भएकाले स्थानीयवासीलाई आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले आग्रह गरेको छ ।
Facebook Comment
Comment